चितवनमा बाघ र गैँडा मृत फेला

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

चितवन : चितवन राष्ट्रिय निकुञ्जमा आज बाघ र गैँडा मृत फेला परेका छन् । निकुञ्जको भित्र भिमपुर क्षेत्रमा बाघ तथा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा गैँडा मृत अवस्थामा भेटिएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नेपाली सेनाको सुरक्षा पोष्ट अमृतेबाट खटिएको टोलीले मृत बाघ फेला पारेको हो ।

अहिले घटनास्थलमा सेना र निकुञ्जको टोली पुगेको छ । घटनास्थल सौराहा नजिक पर्दछ । बाघको मृत्युको कारण खुल्न सकेको छैन ।

यस्तै नवलपरासीको कावासोती नगरपालिका–१५ स्थित गुन्द्रइढाका मध्यवर्ती सामुदायीक वन क्षेत्रमा एक भाले गैंडा मृत फेला परेको छ । गैंडा प्राकृतिक कारणले मरेको निकुञ्जका सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । गैँडाको खाग र खुर सुरक्षित छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
9°C
Kathmandu
mist
9° _ 9°
100%
1 km/h
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
बिहि
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ