आज पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । हाल देशमा मूख्यतया स्थानीय तथा पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसले गर्दा अहिले कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । तराई क्षेत्रमा भने आंशिकदेखि साधारणतया बदली रहने सम्भावना रहेको छ ।

मधेश प्रदेशमा दिउँसो आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । 

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
scattered clouds
19° _ 19°
45%
5 km/h
बुध
18 °C
बिहि
22 °C
शुक्र
22 °C
शनि
24 °C
आइत
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ