संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री हुनुपर्छः लामिछाने

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टिआरसी) पीडितमैत्री हुनुपर्ने बताउनुभएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पीडितमैत्री र अन्तर्राष्ट्रिय मानव अधिकारको विषयलाई मध्यनजर गर्दै आए रास्वपाले पारित गराउन सहयोग गर्ने बताउनुभयो ।

सभापति लामिछानेले सहकारी सम्बन्धी समस्या समाधान गर्न आफ्नो पार्टीले योजना तय गरेको त्यो प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाउन लागिएको पनि बताउनुभयो ।

उहाँले स्थानीय सरकारको सबलीकरण र मुलुकमा विद्यमान कुशासन र दण्डहीनताविरुद्ध आफूहरूले संसद्मा आवाज उठाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । सभापति लामिछानेले दलीत, मुसहर बस्तीमा सर्वदलीय बैठक आह्वान गरी मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्ने पनि प्रस्ताव राख्नुभएको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
13°C
Kathmandu
scattered clouds
13° _ 13°
100%
2 km/h
बुध
24 °C
बिहि
25 °C
शुक्र
25 °C
शनि
22 °C
आइत
22 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ