टेरामक्स खरिदमा अख्तियारले मन्त्री र सांसद बोलाउँदा नजाने अनि सुशासन कायम हुन्छ ?

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ — प्रमुख प्रतिपक्षी एमालेका प्रमुख सचेतक पदम गिरीले टेरामक्सको सामग्री खरिदमा अनियमितताको आशंका गरिएका मन्त्री र सांसदलाई बयानका लागि बोलाउँदा नजाने भन्दै आक्रोश व्यक्त गर्नुभएको छ ।

उहाँले सरकार भने सुशासनको कुरा गरिरहेको भन्दै प्रश्न गर्नुभयो । प्रतिनिधिसभाको बुधबारको बैठकमा गिरीले एउटा ल्यापटपकै ५० हजार अमेरिकी डलर खर्च गर्ने अनि अनियमितता भयो भनेर प्रश्न उठाउँदा जवाफ दिन नपर्ने? भनेर प्रश्न गर्नुभयो । सरकारले कमजोर मान्छेलाई मात्रै थुनिरहेको तर शक्तिशालीहरूसँग भने परबाटै भाग्ने गरेको बताउनुभयो ।

यति कमजोर सरकार, सुशासनको कुरा त कहाँबाट गर्नुहुन्छ । टेरामक्सको कुरा उठिराख्या छ । एउटा ल्यापटपलाई ५० हजार डलरमा ल्याउने? खाने कत्रो मुख हो ? तिनै मान्छे मन्त्री छन्, माननीय छन् ।

अख्तियारले बयानमा बोलाउँदा बयान दिन जान्न भन्छन् अनि सुशासन कायम हुन्छ ? उहाँले भन्नुभयो । सरकारको मन्त्री र गठबन्धनको सांसद बयानका लागि जाने भन्ने दम्भ ती व्यक्तिहरूमा रहेको गिरीको भनाइ थियो ।

सेयर: 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
26°C
Kathmandu
light rain
26° _ 26°
61%
2 km/h
बुध
28 °C
बिहि
26 °C
शुक्र
28 °C
शनि
26 °C
आइत
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ