एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे निर्वाचित

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

ताप्लेजुङ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे निर्वाचित हुनुभएको छ । मङ्गलबार सम्पन्न पार्टीको १२औँ जिल्ला अधिवेशनले उहाँलाई निर्वाचित गरेको हो ।

निर्वाचन समितिका अनुसार तुम्बाहाम्फेले आफ्ना प्रतिस्पर्धी बलबहादुर साम्सोहाङभन्दा २६ मत बढी पाउनुभएको थियो । पार्टी उपाध्यक्षमा दीपेन्द्र पोमू, सचिवमा सन्तोष चाम्लिङ, उपसचिव खुलामा गोपाल न्यौपाने र उपसचिव महिलामा भीमादेवी ओझा निर्वाचित हुनुभएको छ ।

जिल्लाभरबाट तीन सय ६७ प्रतिनिधि अधिविशेनमा सहभागी भएका थिए । अधिवेशनको एमाले महासचिव शङ्कर पोखरेलले उद्घाटन गर्नुभएको थियो ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
broken clouds
19° _ 19°
68%
5 km/h
बुध
18 °C
बिहि
25 °C
शुक्र
26 °C
शनि
22 °C
आइत
18 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ