पाँच सय ४२ किलो गाँजासहित दुई पक्राउ

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

चितवन, जिल्ला प्रहरी कार्यालयले पाँच सय ४२ किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । कार्यालयले दुई वटा ट्रक र ट्रकका चालक र सहचालकलाई पक्राउ गरेको हो ।

भण्डारास्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक श्याममणि पोखरेलको नेतृत्वको टोलीले आज बिहान ८ बजे राप्ती नगरपालिका–३ झुरझुरेबाट उनीहरुलाई गाँजा लोड गर्दैगर्दा पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनकुटाको छथर जोरपाटे गाउपालिका–३ का ३२ वर्षीय रमेशनाथ दाहाल र कपिलवस्तुको बुद्धभूमि नगरपालिका–४ का २५ वर्षीय खुसीराम थारु रहेका छन् ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार पूर्व–पश्चिम लोकमार्ग सडक खण्डको छेउमा ना ३ ख ६१२२ नम्बरको ट्रक र ना ३ ख ७२४० नम्बरको कन्टेनर (डिब्बा ट्रक) नियन्त्रणमा लिइएको हो ।

धादिङको मलेखुबाट ना ३ ख ६१२२ नं को ट्रकमा खाली पानीको बोतलभित्र लुकाइछिपाइ ल्याएर कन्टेनर लोड गर्ने क्रममा ३९ पोका गाँजा बरामत गरिएको थियो । पक्राउ परेका थारु सोही ट्रकका सहचालक र दाहाल कन्टेनरका चालक रहेको उहाँले जानकारी दिनुभयो । ट्रकका चालक भने फरार रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
few clouds
22° _ 22°
33%
5 km/h
सोम
20 °C
मंगल
27 °C
बुध
29 °C
बिहि
29 °C
शुक्र
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ