चितवन, २८ असार : नारायणगढ–मुग्लिन सडकको सिमलतामा लेदोसहितको पहिरोले दुईवटा बस बगाएर त्रिशूलीमा बेपत्ता भएको छ । ती बसमा चालकसहित ६३ जना रहेको अनुमान छ । घटनास्थलमा पुग्नुभएका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । उहाँका अनुसार काठमाडौँबाट गौर जान आउँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठामाडौँ जाँदै गरेको एन्जट बस त्रिशूलीमा खसेका हुन् । प्रारम्भिक जानकारीअनुसार गौर जान आउँदै गरेको बसमा ४१ जना र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । उहाँले भन्नुभयो, “हामी घटनास्थलमा छौँ । पानी परिरहेकाले छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।” उहाँले यकिन विवरण भने आई नसकेको बताउनुभयो । (रासस)
अन्तर्राष्ट्रिय नारी दिवसमा स्रष्टाहरूले सुनाए रचनाहरू
थाइल्याण्ड। साहित्य मन थाइल्याण्डले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा रचना वाचन गरी मनाएको छ । साहित्य मन थाइल्याण्डले सञ्चालन गर्दै आइरहेको ‘आदर्श दिव्य दर्पण’को १३ औं शृङ्खलामा ‘आधा आकाश, सिर्जना संसार’…

