उत्तरी फिलिपिन्समा बिहीबार यात्रुवाहक बससँग पिक–अप ट्रक ठक्कर हुँदा घर फर्कने क्रममा ट्रकमा सवार एकै परिवारका ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । कागायन प्रान्तको अबुलुग नगरपालिकाको चौराहामा यो दुर्घटना भएको हो । प्रमुख राजमार्गको छेउमा १४ जना सवार टोयोटा हिलक्स बससँग ठोक्किएको प्रहरीले जनाएको छ । “पिकअपमा सवार रहेका मध्ये तीन जना मात्रै जीवित हुनुहुन्छ”, प्रहरी मेजर एन्टोनियो पालाटाओले भन्नुभयो । यात्रुवाहक बसका चालक र सहचालकलाई गम्भीर र अन्य २३ जनालाई सामान्य चोट लागेको उहाँले बताउनुभयो । “टोयोटा हिलक्सका चालक त्यस क्षेत्रसँग ज्ञात नभएकाले राजमार्ग पुगिसकेको थाहा पाउनुभएन । राजमार्गमा स्वाभाविक रूपमा गति नियन्त्रण गर्नुपर्ने हुन्छ”, प्रहरी क्याप्टेन जुन–जुन तोरियोले भन्नुभयो ।
साहित्य मन थाइल्याण्डको ‘आदर्श दिव्य दर्पण’ २४औं शृङ्खला सम्पन्न: भाषा, साहित्य र संस्कृतिको जगेर्नामा जोड
बैंकक – जनैपूर्णिमाको पवित्र अवसर पारेर ‘साहित्य मन थाइल्याण्ड’ ले आफ्नो नियमित अनलाइन साहित्यिक शृङ्खला ‘आदर्श दिव्य दर्पण’ को २४औं संस्करण भव्यताका साथ सम्पन्न गरेको छ। अगस्ट २६ तारिख बुधबारका…


