आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

मुगु । मुगुको खत्याड गाउँपालिकामा भएको आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ । जिल्लाको पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिका-२ गाँडेखोला बस्ने लाले सन्ज्यालको घरमा सोमबार राति एक बजेतिर भएको आगलागीमा परी उहाँका १४ वर्षीय छोरा विशाल र १२ वर्षीया छोरी झरनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । 

मृत्यु भएका दुई बालबालिकासँगै आमा सरस्वती पनि सुतेकी थिइन् । सरस्वती आगोबाट बच्न सफल भएपनि उनी बेहोस छिन् भने दुई छोराछोरी आगोको लपेटमा परेर ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताउनुभयो । उहाँले एक हल गोरु र दुई गाई पनि जलेर मरेका छन् ।

आगलागीको सूचना पाएपछि जिल्ला प्रहरी चौकी श्रीकोट मुगुबाट खटिएका प्रहरी टोलीले घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरेपनि सोमबार बिहान मात्रै आगो पूर्णरुपमा नियन्त्रणमा आएको उहाँले बताउनुभयो ।

यस्तै, स्थानीयका अनुसार कच्ची घरमा काठ थुपारेर राखेकोले आगो नियन्त्रणमा लिन कठिनाइ भएको थियो । सरस्वतीका श्रीमान् लाले रोजगारीको सिलसिलामा भारतमा छन्।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
few clouds
21° _ 21°
46%
1 km/h
शुक्र
26 °C
शनि
12 °C
आइत
19 °C
सोम
20 °C
मंगल
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ