अर्घाखाँचीको ढाकाबाङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, दुई घाइते

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नं २ ढाकाबाङको खोलाखर्कमा लु१ज १६७९ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

उपल्लो ढाकाबाङबाट सन्धिखर्क जाँदै गरेको जिप आज बिहान ७ बजेको आसपासमा दुर्घटना भएको भूमिकास्थान नगरपालिका वडा नं २का वडा अध्यक्ष बुद्धि थापाले जानकारी दिनुभयो ।

दुर्घटनामा परेर मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका वडा नं २ निवासी देवा बेल्वासे र सन्धिखर्क नगरपालिका वडा नं ८ निवासी जेमकला आचार्य रहेको थापाले बताउनुभयो ।

यसैगरी घाइते हुनेमा पणेनाकी कोपीला खनाल र उनका ८ महिनाको छोरा रहेको वडा नं २ का वडा सदस्य नारायण प्रसाद खनालले जानकारी दिनुभयो । घाइतेहरुको अहिले अर्घाखाँची जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
11°C
Kathmandu
mist
11° _ 11°
82%
1 km/h
बुध
26 °C
बिहि
26 °C
शुक्र
27 °C
शनि
15 °C
आइत
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ