काठमाडौं । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नं २ ढाकाबाङको खोलाखर्कमा लु१ज १६७९ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
उपल्लो ढाकाबाङबाट सन्धिखर्क जाँदै गरेको जिप आज बिहान ७ बजेको आसपासमा दुर्घटना भएको भूमिकास्थान नगरपालिका वडा नं २का वडा अध्यक्ष बुद्धि थापाले जानकारी दिनुभयो ।
दुर्घटनामा परेर मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका वडा नं २ निवासी देवा बेल्वासे र सन्धिखर्क नगरपालिका वडा नं ८ निवासी जेमकला आचार्य रहेको थापाले बताउनुभयो ।
यसैगरी घाइते हुनेमा पणेनाकी कोपीला खनाल र उनका ८ महिनाको छोरा रहेको वडा नं २ का वडा सदस्य नारायण प्रसाद खनालले जानकारी दिनुभयो । घाइतेहरुको अहिले अर्घाखाँची जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
Recent Visitors: 0
तपाईको प्रतिक्रिया के छ?
+1
+1
+1
+1
+1
+1
+1