काठमाडौँमा बेग्लाबेग्लै घटनामा दुईको मृत्यु

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ, काठमाडौँका दुई ठाउँँमा आज भएका बेग्लाबेग्लै घटनामा दुईजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३ धुम्बाराही चोकमा बसको ठक्करबाट दोलखा गौरीशङ्कर गाउँपालिका–८ बस्ने २७ वर्षीय शरणबहादुर श्रेष्ठको मृत्यु भएको छ ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी, काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टे चोक डेरा गरी बस्ने ४३ वर्षीय सुजन गुरुङ आफ्नै डेरा कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

उक्त घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । यसैबीच, पछिल्लो २४ घण्टामा काठमाडौँलगायत देशका विभिन्न भागमा भएका घटनामा १० जनाको मृत्यु भएको छ ।

पाँचजना मृत फेला परेका र पाँचजनाको दुर्घटनामा परी ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यसैगरी, ललितपुर महानरपालिका–४ एकान्तकुनास्थित खनाल पोल्ट्रीबाट नगद रु चार लाख र एक थान मोबाइल आज चोरी भएको छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
broken clouds
18° _ 18°
72%
2 km/h
आइत
25 °C
सोम
23 °C
मंगल
25 °C
बुध
25 °C
बिहि
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ