दुर्घटनामा दुई जनाको मृत्यु

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

सुनसरी : सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार चोकमा गए राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको बेलबारी–८ का २३ वर्षीय विपिन दाहाल र मोटरसाइकलमा सवार आठ वर्षीय अभि दाहाल रहेका सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

मृतक दुवै काका भतिजा हुन् । विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको प्र १–०२–०४१ प ६६१९ नं को मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको प्र १–०२–००१ क ४५७८ नं को ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए ।

उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताउनुभयो । ट्रक चालक इटहरी–२ का ३० वर्षीय प्रदीप कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
broken clouds
15° _ 15°
88%
4 km/h
शनि
21 °C
आइत
22 °C
सोम
25 °C
मंगल
26 °C
बुध
15 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ