कमेडी च्याम्पियनका निर्देशकसहित दुई जना हाजिर जमानीमा छुटे

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाण्डौ। कमेडी च्याम्पियनका निर्देशकसहित दुई जना हाजिर जमानीमा छुटेका छन्। शनिबार साँझदेखि उनीहरू भक्तपुरस्थित प्रहरी वृत्त जगातीको हिरासतमा थिए।

उनीहरू चढेको कार दुर्घटनामा परेको थियो। दुर्घटनामा परेर सामान्य घाइते भएका निर्देशक विशाल भण्डारी र पुजन अधिकारी शनिबार हाजिर जमानीमा छुटेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

घाइतेका परिवारसँग सहमति गरी दुवै जनालाई छाडिएको हो। गत शुक्रबार बिहान साढे ३ बजे भक्तपुरस्थित सूर्यविनायक नगरपालिका वडा नम्बर १० मा कार दुर्घटना भएको थियो।

बागमती प्रदेश ०१-०२६ च ०३५९ नम्बरको कार अनियन्त्रित भई टिपरमा ठोक्किँदा ६ जना घाइते भएका थिए।

जसमध्ये एक जना प्रतियोगी सुशान्त बस्याल गम्भीर भएका छन । उनको मध्यपुर थिमी अस्पतालमा उपचार भइरहेको छ। उनको अहिले स्वास्थ्यको सुधार भइरहेको छ ।

कारमा सवार रजनेस अर्याल, प्रकृति गिरी र पवन भट्टराई पनि घाइते भएका थिए। मापसे गरी सवारी चलाउँदा दुर्घटना भएको प्रहरीको निष्कर्ष छ ।

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
27°C
Kathmandu
clear sky
27° _ 27°
19%
2 km/h
सोम
27 °C
मंगल
28 °C
बुध
30 °C
बिहि
30 °C
शुक्र
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ