एमाले रुकुमपश्चिम चौरजहारी नगरकमिटीमा आन्तरिक विवाद, समानान्तर कमिटी घोषणा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने


रुकुमपश्चिम । नेकपा एमाले रुकुमपश्चिम चौरजहारी नगरकमिटीमा आन्तरिक विवाद देखिएको छ । नेतृत्वका विषयमा आन्तरिक मनमुटाव हुँदा दुई टिमले छुट्टाछुट्टै समानान्तर कमिटी सार्वजनिक गरेका छन् । गत मंगलबार नेकपा एमाले चौरजहारी नगरकमिटीको दोश्रो अधिवेशन उद्घाटन भएको थियो । त्यसपछि सुरु भएको बन्द सत्रपछि नयाँ नेतृत्व चयनको प्रक्रियामा विवाद उत्पन्न भएको हो ।

अध्यक्ष मण्डलका अध्यक्ष शशिराम परियार लगायतको टिमले नगर अध्यक्षमा अतिराम वलीको नेतृत्वलाई घोषणा गरेपछी थप विवाद सतहमा आएको हो । अध्यक्ष मण्डलका अन्य चार सदस्यहरुले भने, अध्यक्ष मण्डलका अध्यक्ष परियारको टिमले एकलौटी रुपमा मनोमानी ढंगबाट निर्णय गरेको भन्दै अर्को समानान्तर कमिटी बनाएका छन् । सो टिमले ओम प्रकाश आचार्यको नेतृत्वमा कमिटी घोषणा गरेको छ । अध्यक्ष र उपाध्यक्ष पद बाहेक अन्य पदमा भने यसअघि नै सहमति भइसकेको छ ।

नगरमा आन्तरिक विवाद देखिएपछि जिल्ला नेतृत्वमा थप दवाव बढेको छ । सोहि विषयलाई लिएर बिहान रुकुम पश्चिमको चौरजहारीस्थित नेकपा (एमाले) को पार्टी कार्यालयमा तालाबन्दी गरिएको थियो । चौरजहारी नगरपालिका –२ स्थित यदु स्मृति प्रतिष्ठान तथा पार्टी कार्यालयमा पार्टीकै कार्यकर्ताले कार्यालयमा तालाबन्दी गरेका थिए । ताला केहिबेरमा खुलेको जिल्लास्थीत नेताहरुले बताएका छन् । विवाद समाधानकालागि आन्तरिक छलफल भइरहेको नेताहरुले बताएका छन् ।

ओम प्रकाश आचार्यको नेतृत्वमा कमिटी घोषणा

सेयर: 269
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0
मौसम
17°C
Kathmandu
broken clouds
17° _ 17°
82%
आइत
25 °C
सोम
23 °C
मंगल
25 °C
बुध
25 °C
बिहि
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ