रुकुमपश्चिम । नेकपा एमाले रुकुमपश्चिम चौरजहारी नगरकमिटीमा आन्तरिक विवाद देखिएको छ । नेतृत्वका विषयमा आन्तरिक मनमुटाव हुँदा दुई टिमले छुट्टाछुट्टै समानान्तर कमिटी सार्वजनिक गरेका छन् । गत मंगलबार नेकपा एमाले चौरजहारी नगरकमिटीको दोश्रो अधिवेशन उद्घाटन भएको थियो । त्यसपछि सुरु भएको बन्द सत्रपछि नयाँ नेतृत्व चयनको प्रक्रियामा विवाद उत्पन्न भएको हो ।
![](https://thailandnepal.com/wp-content/uploads/2024/05/436657069_1204222194323489_7257512771131921695_n-1024x768.jpg)
अध्यक्ष मण्डलका अध्यक्ष शशिराम परियार लगायतको टिमले नगर अध्यक्षमा अतिराम वलीको नेतृत्वलाई घोषणा गरेपछी थप विवाद सतहमा आएको हो । अध्यक्ष मण्डलका अन्य चार सदस्यहरुले भने, अध्यक्ष मण्डलका अध्यक्ष परियारको टिमले एकलौटी रुपमा मनोमानी ढंगबाट निर्णय गरेको भन्दै अर्को समानान्तर कमिटी बनाएका छन् । सो टिमले ओम प्रकाश आचार्यको नेतृत्वमा कमिटी घोषणा गरेको छ । अध्यक्ष र उपाध्यक्ष पद बाहेक अन्य पदमा भने यसअघि नै सहमति भइसकेको छ ।
![](https://thailandnepal.com/wp-content/uploads/2024/05/441963849_1199119568116511_7074122291159289344_n.jpg)
नगरमा आन्तरिक विवाद देखिएपछि जिल्ला नेतृत्वमा थप दवाव बढेको छ । सोहि विषयलाई लिएर बिहान रुकुम पश्चिमको चौरजहारीस्थित नेकपा (एमाले) को पार्टी कार्यालयमा तालाबन्दी गरिएको थियो । चौरजहारी नगरपालिका –२ स्थित यदु स्मृति प्रतिष्ठान तथा पार्टी कार्यालयमा पार्टीकै कार्यकर्ताले कार्यालयमा तालाबन्दी गरेका थिए । ताला केहिबेरमा खुलेको जिल्लास्थीत नेताहरुले बताएका छन् । विवाद समाधानकालागि आन्तरिक छलफल भइरहेको नेताहरुले बताएका छन् ।
ओम प्रकाश आचार्यको नेतृत्वमा कमिटी घोषणा
![](https://thailandnepal.com/wp-content/uploads/2024/05/436636084_1124495522100726_5052599260971252104_n-768x1024.jpg)
![](https://thailandnepal.com/wp-content/uploads/2024/05/436701785_1611718902982633_1003952505752179394_n-768x1024.jpg)
![](https://thailandnepal.com/wp-content/uploads/2024/05/441906797_744292057893398_622853420482613737_n-768x1024.jpg)