एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

वैशाख । नेकपा (एमाले)को महाधिवेशन प्रतिनिधि परिषद बैठक सुरु भएको छ ।

शनिबार ललितपुरको गोदावरीस्थित सनराईज हलमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सो परिषद् बैठकको औपचारिक रुपमा शुभारम्भ गर्नुभएको हो ।

बैठकलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले जनताको आशा र भरोसालाई आफ्नो पार्टीले सम्बोधन गरी छोड्ने दृढता व्यक्त गर्नुभएको छ ।

अध्यक्ष ओलीले पार्टीको तर्फबाट राजनीतिक प्रतिवेदन पेश गर्नुभएको हो । यसपछि महासचिव शंकर पोखरेलले सांगठानिक प्रतिवेदन पेश गर्नुहुनेछ ।

बैठकमा केन्द्रीय सदस्यसहित दुई हजार ४५४ जना प्रतिनिधिहरु सहभागी भएको एमालेले जनाएको छ ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
haze
22° _ 22°
64%
2 km/h
बिहि
25 °C
शुक्र
28 °C
शनि
27 °C
आइत
27 °C
सोम
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ