स्वास्थ्यमन्त्री बस्नेत र पर्यटनमन्त्री किरातीलाई बर्खास्त गर्न एमालेको माग

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेकपा एमालेले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत अख्तियारको छानविनमा रहेको भन्दै भ्रष्टाचारमा जोडिएका मन्त्रीलाई छेउमा राखेर प्रधानमन्त्रीको सुशासनको भाषण सुन्न नसकिने आरोप लगाएको छ ।

टेरामक्स भ्रष्टाचार प्रकरणमा मन्त्री बस्नेतले अख्तियारमा बयान दिइरहेको र उनी भ्रष्टाचारका आरोपी भएकाले मन्त्री पदमा रहन नमिल्ने भन्दै संसदमा एमालेले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदको जवाफ दिने कार्यक्रम रहेकोमा एमालेले सुरूमै उठेर विरोध जनाएको हो । बैठकमा एमालेका सचेतक महेश बर्तौलाले भ्रष्टाचारमा संलग्न मन्त्रीहरूलाई छेउमा राखेर प्रधानमन्त्रीको सुशासनको रटान नसुन्ने बताए ।

उहाँले स्वास्थ्यमन्त्री बस्नेत र पर्यटनमन्त्री सुदन किराती भ्रष्टाचारमा संलग्न रहेको भनेर अनुसन्धानमा आइसकेको बताउनुभयो । किराती अध्यक्ष रहेको लुम्बिनी विकास कोषले बुद्ध जन्मस्थल लुम्बिनीको सार्वजनिक जग्गा प्रधानमन्त्रीका घरबेटीका छोरालाई गैरकानूनीरूपमा लिजमा दिने निर्णय गरेको भन्दै बर्तौलाले तत्काल बर्खास्त गर्न माग गर्नुभयो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
mist
14° _ 14°
100%
1 km/h
बिहि
23 °C
शुक्र
25 °C
शनि
21 °C
आइत
23 °C
सोम
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ