एमाले सुर्खेत अध्यक्षमा देवकोटा निर्वाचित

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

सुर्खेत । नेकपा एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित हुनु भएको छ । नयाँ नेतृत्वका लागि आइतबार भएको मतदानमा उहाँले अध्यक्षका प्रतिद्वन्द्वी अमृतबहादुर बिसीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनु भएको हो ।

देवकोटाले जम्मा तिन सय ५१ मत प्राप्त गर्नु भएको छ भने बिसीले एक सय ३२ मत प्राप्त गर्नु भएको छ । यस्तै उपाध्यक्षमा मोहनबहादुर बडुवालले तिन सय ४६ मत ल्याएर निर्वाचित हुनु भएको छ ।

उहाँका प्रतिद्वन्द्वी तारा केशर गौतमले जम्मा एक सय ३० मत प्राप्त गर्नु भएको छ । यस्तै, सचिवमा डम्बर तिवारीले दुई सय ९१ मत ल्याएर निर्वाचित हुनु भएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी डन्डीप्रसाद शर्माले एक सय ८९ मत प्राप्त गर्नु भएको छ। यस्तै उप–सचिव खुलामा टिकाराम सोमैले तिन सय २४ मत र उपसचिव महिलामा सुशीला विश्वकर्माले तिन सय ३३५ मत प्राप्त गरेर निर्वाचित हुनु भएको छ ।

नेकपा एमाले सुर्खेतको नवौँ अधिवेशनबाट नयाँ नेतृत्वका लागि आइतबार दिउँसो १२ बजेदेखि मतदान सुरु भएर बेलुका ६ बजेसम्म सकिएको थियो । सदस्यहरूको मतगणना जारी छ ।

निर्वाचनमा कुल चार सय ९५ मतदाता मध्ये ४८६ जना मतदाताले मतदान गरेका थिए । चैत ८ गते बिहीबारदेखि नवौँ अधिवेशन सुरु भएको थियो ।

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
scattered clouds
22° _ 22°
28%
5 km/h
मंगल
24 °C
बुध
26 °C
बिहि
26 °C
शुक्र
27 °C
शनि
18 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ