गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा एमाले प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीको दाबी पेस

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

गण्डकी। गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी एमाले प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गर्नुभएको छ ।

अधिकारीले ३१ प्रदेशसभा सदस्यको समर्थन जुटाएर प्रदेशप्रमुख डिल्लीराज भट्टसमक्ष मुख्यमन्त्रीमा नियुक्त गर्न आज निवेदन बुझाउनुभएको एमाले संसदीय दलका प्रमुख सचेतक गोविन्द नेपालीले जानकारी दिनुभयो ।

नेता अधिकारीलाई एमालेका २२, नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का आठ र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थन रहेको उहाँको भनाइ छ ।

कुल ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री बन्न ३१ प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ । गत बिहीबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले यही चैत २७ गतेसम्म मुख्यमन्त्रीमा दाबी गर्न समय दिनुभएको थियो ।

समयसीमा सकिनुभन्दा दुईदिन अगावै गठबन्धन दलले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । कुल २७ सदस्य रहेको प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाट मुख्यमन्त्री बन्नुभएका पाण्डेले विश्वासको मत पाउने आधार नदेखेपछि राजीनामा दिनुभएको थियो ।

तत्कालीन सत्ता साझेदार माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको थियो । दुई सदस्य रहेको राष्ट्रिय प्रजातन्र पार्टी भने प्रदेश सरकारलाई समर्थन गर्ने नगर्ने विषयमा अनिर्णित छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
13°C
Kathmandu
moderate rain
13° _ 13°
100%
2 km/h
शनि
13 °C
आइत
20 °C
सोम
20 °C
मंगल
22 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ