प्रधानमन्त्रीसँग भेट्ने समय नपाउँदा राष्ट्रियसभालाई गुहार्न बाध्य भए :वामदेव गौतम

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले आफूले प्रधानमन्त्री केपी ओलीसँग भेटेर समस्या राख्न खोज्दा समय नपाएको गुनासो गरेका छन् ।

आइतबार बसेको राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनले देशमा घटिरहेको घटनाका बारेमा प्रधानमन्त्रीसँग भेट्न खोजेपनि समय नपाएको कारण राष्ट्रियसभालाई गुहार्न बाध्य भएको बताए ।

उनले भने, ‘देशको प्रमुख व्यक्तिसँग भेटेर कुरा गर्दा पनि हुने विषय हो हुन त । तर मैले समय पाउँदिन सरकारका माथिल्लो तहका प्रधानमन्त्रीसँग भेट गर्न त्यसैले मैले आज राष्ट्रिय सभालाई गुहारेको छु ।’

उनले भौगोलिक अवस्थाले नेपालमा विरश्वकै सबैभन्दा बढि प्राकृतिक घट्नाहरु घट्ने गरेको बताए । प्राकृतिक घट्नाहरुको पूर्वतयारीमा नेपालका राजनीतिक दलका नेताहरू र प्रधानमन्त्रीको समेत ध्यान जान नसकेको उनको भनाई छ ।

उनले भने, ‘नेपालमा जतिपनि घट्ना घटेका छन् हाम्रो प्राकृतिक अवस्था, भौगोलिक अवस्थाले हो । यही देशमा यति धेरै घट्ना घट्छन् संसारमा कुनै देशमा हुँदैन् । प्राकृतिक घट्नाहरु घट्नुभन्दा पहिले नै गर्नुपर्ने कामहरुका निम्ती नेपालका राजनीतिक पार्टी, प्रधानमन्त्री कसैको पनि ध्यान गएन ।’

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
haze
17° _ 17°
67%
3 km/h
शनि
15 °C
आइत
23 °C
सोम
25 °C
मंगल
26 °C
बुध
27 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ