सूचनाको हक सम्बन्धी ऐन प्रभावकारी ढंगले कार्यन्वयन गर्न आवश्यक : उपराष्ट्रपति

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । उपराष्ट्रपति रामसहाय यादवले सूचनाको हक सम्बन्धी ऐनको प्रभावकारी कार्यन्वयनको लागि सबैजना सक्रियताकासाथ लाग्न जरुरी रहेको बताएका छन् ।


सोमबार काठमाडौंमा राष्ट्रिय सूचना आयोगद्धारा राष्ट्रिय सूचना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सूचनाको हकको महत्व र पारदर्शीता झनै बढ्दै गइरहेको भन्दै यस सम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयनको लागि सबैजना थप सजकता र सक्रियताकासाथ लाग्न जरुरी रहेको बताएका हुन् ।


उनले भने,‘ सूचनाको हकको महत्व र पारदर्शीता झनै बढ्दै गइरहेको छ । सूचनाको हक सम्बन्धी ऐनको प्रभावकारी कार्यन्वयनको लागि सम्बन्धित सबैले थप सजकता तथा सक्रियताकासाथ अधिकतम प्रयासमा लाग्न जरुरी छ ।’
उपराष्ट्रपति यादवले सूचनाले सरकारी काम कारबाहीको पारदर्शीतालाई सुनिश्चीतता गर्नका साथै आम जनतालाई सरकारको कामबारे जानकारी प्रदान गर्ने भएकाले जनता र सरकार दुवैमा यसले प्रभावकारी भूमिका निर्वाह गर्ने बताए ।


सूचनाले सरकारी अधिकारीहरुलाई सेवा प्रवाहका लागि जवाफदेही बनाउने मात्र नभई भ्रष्टाचार र अनियमितताई कम गर्र्न पनि उनको भनाई छ ।


उनले भने,‘सूचनाको हकले सरकारी काम कारबाहीको पारदर्शीतालाई सुनिश्चीतता गर्दछ । आम जनतालाई सरकारले कसरी काम गरिरहेको छ भन्ने जानकारी यसबाट प्राप्त गर्न सकिन्छ । यसले सरकारी अधिकारीहरुलाई सेवा प्रवाहका लागि जवाफदेही मात्र बनाउँदैन् ,भ्रष्टाचार र अनियमितताहरुलाई कम गर्न पनि सघाउँछ ।’

सेयर: 9
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
few clouds
17° _ 17°
82%
2 km/h
बिहि
28 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
15 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ