Ad imageAd image

सञ्चार क्षेत्रको पुरानो नीति र ढाँचा परिवर्तन गर्न आवश्यक छः मन्त्री गुरुङ

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सूचनाको हकलाई व्यवस्थित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

सोमबार राष्ट्रिय सूचना दिवसको अवसरमा बोल्दै मन्त्री गुरुङले सूचना र सञ्चारको क्षेत्रमा सरकारले धेरै काम गर्न बाँकी रहेको बताएका हुन् ।

उनले भने, ‘सूचनाको हक सम्बन्धिको ग्यारेन्टी त छँदै छ, तर पनि सूचनाको हकलाई व्यवस्थित गर्न सरकार  प्रतिबद्ध रहेको जानकारी गराउँछु । सही ढंगले सञ्चालन नियमन कसरी गर्न सकिन्छ त्यसको लागि सरकारप्रतिबद्ध छ । सूचना र  सञ्चारको क्षेत्रमा सरकारले धेरै काम गरिसकेको अवस्था छ, तर पनि जति हुनुपथ्यो त्यति पर्याप्त भएका छैन ।’ 

साथै उनले धेरै काम भए पनि पर्याप्त मात्रामा नभएको जिकिर गरे। उनले नेपालमा भएका सञ्चार क्षेत्र सबै पुरानो नीतिमा चलेको बताए ।

- Advertisement -
Ad imageAd image

उनले भने, ‘सूचनासँग  जोडिएको क्षेत्रलाइ संस्थागत विकास कसरी गर्ने भनेर सोच्नुपर्छ । नेपालमा जति पनि संञ्चार क्षेत्र छन् ,सबै पुरानो नीतिमा चलिरहेका छन् । यसको लागि ढाँचाहरू परिवर्तन गर्नुपर्छ, नीति नियमको हिसाबले जनताको सूचनाको हकलाई धेरै व्यवस्थित गर्नुपर्छ, नेपाल सरकार चुस्त दुरूस्त बनाउन लागिरहेको छ।’

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
overcast clouds
22° _ 22°
89%
1 km/h
बुध
26 °C
बिहि
26 °C
शुक्र
25 °C
शनि
22 °C
आइत
22 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ