कर्णालीमा विनोदकुमार शाहद्वारा कृषि मन्त्रालय लिन स्वीकार

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । यसअघि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय लिन अस्वीकार गरेका एमाले नेता अन्तत: सोही मन्त्रालय लिएर कर्णाली सरकारमा सहभागी हुने भएका छन् ।

मुख्यमन्त्री कँडेलले १८ वैशाखमा एमालेबाट ३ र सत्तारुढ दल माओवादी केन्द्रबाट ३ गरी ६ जना मन्त्री नियुक्त गरेका थिए ।

तर, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरिएका एमाले नेता शाहले कँडेलले एकलौटी गरेको र पार्टी केन्द्रको निर्देशन विपरीत आफूलाई सामान्य मन्त्रालय दिएको भन्दै शपथ बहिष्कार गरेका थिए ।

मुख्यमन्त्री कँडेलले मन्त्री पदको शपथ नलिएका शाहलाई २ जेठमा मन्त्रिपरिषद्‍बाट हटाउँदै उक्त मन्त्रालय आफूसँगै राखेका थिए ।

कर्णालीमा कँडेल र शाहले पार्टीभित्र छुटाछुटै गुट चलाउँदै आएका छन् । प्रदेशमा कँडेलले एकलौटी गरेको भन्दै शाहले काठमाडौँ गएर केन्द्रका नेतासँग छलफल गरेका थिए । पार्टी केन्द्रको दबाबपछि मुख्यमन्त्री कँडेलले शाहलाई मनाएर कृषि मन्त्रीमा नियुक्त गरेको एमाले स्रोतको भनाइ छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
27°C
Kathmandu
broken clouds
27° _ 27°
65%
3 km/h
बिहि
26 °C
शुक्र
26 °C
शनि
23 °C
आइत
25 °C
सोम
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ