हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

बिर्तामोड, चैत १४ गते । झापाको शिवसताक्षीमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

शिवसताक्षी ११ उत्तर रतुवामाई आयोजनाको बन क्षेत्रमा दाउरा खोज्न गएका स्थानीय ६० वर्षीय पवित्रा भेट्वालको बुधबार साँझ जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

उनका श्रीमान दिलीप भेट्वाल सक्त घाइते भएका छन् । उनलाई उपचारका लागि बिर्तामोड स्थित बिर्तासिटी अस्पताल लगिएको छ । भेट्वाल दम्पत्ती बुधबार दिउँसो दाउरा खोज्न गाउँसँगै जेडिएको नजिकैको वनमा गएका थिए ।

श्रीमान साइकलमा र श्रीमतीले डोकोमा दाउराको भारी हाल्दै गर्दा आक्रमण गरेको स्थानीयले बताए । श्रीमतीलाई हात्तीले लछारपछार पारेपछि श्रीमान भाग्न सफल भएका थिए । श्रीमानलाई पनि हात्तीले आक्रमण गरेको छ ।

घटनास्थलमा इलाका प्रहरी झिलझिलेको टोलीले कानुनी प्रक्रिया सुरु गरेको छ । घटनास्थलदेखि नजिकै अझै पनि दुई वटा हात्ती छन् । स्थानीयका अनुसार दुई वटा जङ्गली हात्तीले बुधबार साँझ ५ः५० मा आक्रमण गरेका थिए ।

सेयर: 14
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
thunderstorm
12° _ 12°
87%
2 km/h
सोम
14 °C
मंगल
25 °C
बुध
26 °C
बिहि
26 °C
शुक्र
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ