स्वास्थ्य सेवाका लागि सार्वजनिक साझेदारी शिविरबाट शिफारिस भएका महिलाहरुको सिभिलमा क्यान्सर परीक्षण हुने

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौँ । काठमाडौँ महानगरपालिका र निजामती कर्मचारी अस्पतालबिच जनप्रतिनिधि, कर्मचारी, ज्येष्ठ नागरिक र महानगरवासीलाई स्वास्थ्य सेवा प्रदान गर्नका समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार र अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रा. डा. विधाननिधि पौडेलबिच समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारीमा सञ्चालन हुने कार्यक्रम स्वास्थ्य र सामाजिक विकास विभागअन्तर्गतका हुन् ।


प्रमुख प्रशासकीय अधिकृत परियारकाअनुसार सार्वजनिक—सार्वजनिक साझेदारीको अवधारणा अनुरूप आपसी समन्वय र सहकार्यका माध्यमबाट महानगरवासीलाई स्वास्थ्य परीक्षण सेवा तथा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराएर नेपालको संविधानले प्रत्याभूत गरेको स्वास्थ्य सम्बन्धी हक उपलब्ध गराउने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।

समझदारी पत्रअनुसारका कार्यक्रम चालु आर्थिक बर्षको असार मसान्तभित्र सम्पन्न हुनेछन् । समझदादारी बमोजिम पहिलो पक्षले सिफारिश गरेका ७५ बर्ष उमेर समूहमाथिका ज्येष्ठ नागरिक, महिलाको स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, जनप्रतिनिधि कर्मचारीको पूर्ण स्वास्थ्य जाँच परीक्षणसहितका काममा सहकार्य हुनेछ ।

ज्येष्ठ नागरिक उपचारका लागि अस्पतालमा छुट्टै परीक्षण कक्ष स्थापना गरेर इसीजी, ब्लड सुगर, सीबीसी, एक्स रेसहित १० प्रकारका प्रयोगशाला परीक्षण हुनेछ ।

महिलाहरूमा देखा पर्न सक्ने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर पहिचानका लागि महानगरपालिकाले प्रजनन उमेरका महिलाहरुका लागि सञ्चालन गर्ने शिविरबाट पठाइएका महिलाहरुको एचपीभी डीएनए परीक्षण, बायोप्सी, लिप परीक्षण (लुप इलेक्ट्रो सर्जिकल एक्सिसन प्रोसिड्यर) र मेमोग्राम परीक्षण हुनेछ ।

यस्तै परिचय पत्र वा शिफारिसका आधारमा कर्मचारी र जनप्रतिनिधिका लागि विहान ७ बजेदेखि बजेदेखि साढे ८ बजेसम्म पूर्ण शारीरिक परीक्षण सेवा उपलब्ध हुनेछ । यसमा युएसजी, इसीजी, युरिन, युरिक एसिड, ब्लड सुगर, लिपिड प्रोफाइलसहित विभिन्न १६ प्रकारका प्रयोगशाला परीक्षण हुनेछ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
few clouds
18° _ 18°
48%
1 km/h
बुध
21 °C
बिहि
22 °C
शुक्र
22 °C
शनि
24 °C
आइत
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ