सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन कार्यदलको बैठक जारी

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने


काठमाडौं । सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा सहमति जुटाउन गठित कार्यदलको बैठक सिंहदरबारमा शुरु भएको छ ।

बैठक आज बिहान सिंहदरबारस्थित गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा शुरु भएको हो । बैठकमा नेपाली काँग्रेसको तर्फबाट कार्यदलका सदस्य गृहमन्त्री रमेश लेखक, नेकपा एमालेको तर्फबाट प्रमुख सचेतक महेशकुमार बर्तौला र नेकपा (माओवादी केन्द्र) को तर्फबाट उपमहासचिव जनार्दन शर्मा हुनुहुन्छ । बैठकमा टिआरसी विधेयक सम्बन्धी सहमति हुन बाँकी बुँदाहरुमा छलफल गरी टुंग्याइने बताइएको छ । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी विधेयक संसदमँ विचाराधिन छ ।

दलहरूबीच बालसेनाको मामिलालाई ऐनमा कसरी उल्लेख गर्ने र मेलमिलापका घटनामा पीडितको स्वतन्त्र सहमति नभए के गर्ने भन्नेबारे छलफल शुरु भएपनि निस्कर्षमा पुगिसकेको छैन । साथै पीडितको स्वतन्त्र सहमतिका बारेमा निस्कर्ष निस्कन सकेको छैन ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
49%
4 km/h
शुक्र
19 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ