यदु गौतम स्मृतिः हाजिर जवाफ प्रतियोगितामा त्रिभूवन मावि जाजरकोट प्रथम,वक्तित्वकलामा रुकुमपश्चिमकी हिरा कुसारीले जितिन्

नवीन्द्र के.सी
नवीन्द्र के.सी
अध्यक्ष/सम्पादक
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

रुकुम पश्चिम । रुकुमका तत्कालीन एमाले सचिव यदु गौतम स्मृतिमा आयोजित हाजिर जवाफ प्रतियोगितामा त्रिभूवन माध्यमिक विद्यालय जाजरकोट प्रथम भएको छ ।

सहिद गौतमको २५ औं स्मृतिमा अनेरास्ववियु कर्णाली प्रदेश कमिटीले हिमालय मा.वि खोलागाउँ रुकुम पश्चिममा आयोजना गरेको प्रतियोगितामा हिमालय मावि खोलागाउँ दोस्रो भएको छ । त्यस्तै,जनज्योति मावि फारुला सल्याण तेस्रो भएको छ ।

यसैबीच, वक्तित्वकला प्रतियोगितामा राप्ती ज्ञानुदय मावि सिम्लि रुकुम पश्चिमकी हिरा कुसारी प्रथम भएकी छन् ।

त्यस्तै, हिमालय मावि खोलागाउँ रुकुम पश्चिमका महेन्द्र केसी द्वितीय भएका छन् । गौतमको स्मृतिमा आयोजित कार्यक्रमको सहजीकरण सह—सचिव प्रकाश मल्लले गर्नुभएको थियो ।

कार्यक्रममा बिवश भारतीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो । स्मृति कार्यक्रममा नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य टंक वलि, अनेरास्वबियु स्थायी कमिटी सदस्य रेखा थापाले आआफ्नो धारणा राख्नुभएको थियो ।

सेयर: 40
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
अध्यक्ष/सम्पादक  nabindra@thailandnepal.com  Web

अध्यक्ष/सम्पादक

मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
87%
1 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
17 °C
अध्यक्ष/सम्पादक
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ