काठमाडौं । राजधानीमा सम्पन्न युवा साहित्य सम्मेलनमा विभिन्न विधामा उत्कृष्ट युवाहरु पुरस्कृत भएका छन् । वक्तृत्वकला प्रतियोगितामा भक्तपुर मल्टिपल क्याम्पसकि विनिता विनिता तामाङले प्रथम भएकी छिन् । काभ्रे स्थायी घर भएकी उनले १ लाख रुपैंयाँ नगद पुरस्कार प्राप्त गरेकी छिन् ।
यस्तै दिग्विजय लामिछाने दोस्रो र इशा थापा तेस्रो पुरस्कार हात पारेका छन् । दोस्रोलाई ५० हजार र तेस्रो ३० हजार रुपैंयाँ प्रदान गरिएको छ ।
निबन्ध प्रतियोगितामा मनोज बुढाले प्रथम स्थान हासिल गरेर ५० हजार रुपैंयाँ हात पारेका छन् । यस्तै दोस्रो स्थान हासिल गरेकी ज्योती घिमिरेले ३० हजार र देबु गिरीले तेस्रो स्थान हासिल गरेर २० हजार रुपैंयाँ प्राप्त गरेका छन् ।
जीवन आरोही राईले कविता प्रतियोगितामा प्रथम स्थान हासिल गरेर ५० हजार रुपैंयाँ हात पारेका छन् भने रबिना कँडेल दोस्रो र सन्तोष पौडेलले तेस्रो स्थान हात पारेका छन् । कँडेलले ३० हजार र पौडेलले २० हजार रुपैया प्राप्त गरेका छन् । यसैगरी गजल प्रतियोगितामा प्रथम स्थान हासिल गरेर दैलेखका दिपिन सिजापतिले ५० हजार रुपैंयाँबाट पुरस्कृत भएका छन् । दोस्रो पुरस्कारबापत अंकित आचार्यले ३० हजार र तेस्रो पुरस्कारबापत खिमानन्द जोशीले २० हजार रुपैंयाँ हात पारेका छन् ।
राष्ट्रिय युवा संघ नेपालको शिक्षा विभागद्वारा आयोजित युवा साहित्य सम्मेलनका संयोजक रहेका कुवेर अधिकारीले अबदेखी हरेक वर्ष यस कार्यक्रमलाई निरन्तरता दिने बताए । राष्ट्रिय युवा संघको शिक्षा विभाग प्रमुख समेत रहेका अधिकारीले
हरेक प्रदेशहरुमा पनि अबदेखी युवा साहित्य सम्मेलनको आयोजना गर्ने अधिकारीले बताए । यस युवा साहित्य सम्मेलनमा देशभरका एक हजार दुई सय भन्दा बढीले सहभागिता जनाएका थिए । कार्यक्रममा युवा बैज्ञानीक निश्चल बाँनिया र डा प्रकाश महतलाई बिशेष सम्मान गरिएको थियो ।
अध्यक्ष/सम्पादक