नर्स हत्या प्रकरण : आरोपित युवा मृत फेला

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

मोरङ, मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स २५ वर्षीया चन्द्रिकाकुमारी दासको हत्यामा संलग्न आरोपित युवा मृत फेला परेका छन् ।

दासको हत्या गरेको आरोप लागेका सिरहाको लहान नगरपालिका–२१ का २३ वर्षीय शिवशङ्कर दास विराटनगर महानगरपालिका–४ स्थित होटल फाइन एण्ड लजमा आइतबार राति मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार सो होटलमा खानतलासी गर्दा शिवशङ्कर झुण्डिएको अवस्थामा फेला परेका थिए ।

चन्द्रिकाकुमारीको हत्यामा संलग्न रहेका शिवशङ्कर गत फागुन २६ गते मलेलियाबाट नेपाल फर्केका थिए । सिरहाको धनगढी नगरपालिका–६ फुल्काहापट्टी घर भएकी चन्द्रिकाकुमारीको विराटनगर–४ बुढाथोकी मार्गको एउटा घरमा गत शुक्रबार हत्या गरिएको थियो ।

उनको शव परीक्षणपछि परिवारलाई बुझाइएको प्रवक्ता दाहालले बताउनुभयो । चन्द्रिकाकुमारी र शिवशङ्करबीच प्रेम सम्बन्ध रहेको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ ।

सेयर: 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
haze
20° _ 20°
77%
3 km/h
बुध
20 °C
बिहि
26 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ