बेलायत नेपालको विकास साझेदार

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपाल–बेलायत शान्ति तथा मैत्री सन्धिको शतवार्षिकी शनिबार नेपालमा मनाइएको छ । नेपाल र बेलायतबिच विसं १९८० मा मैत्री सन्धि भएको थियो । यो सन्धिले दुई देशबिच बराबरीको सार्वभौमिक अखण्डताको पुष्टि गर्दै थप साझेदारी र सहकार्यको बाटो खोलेको थियो । यसअघि दुई देशबिच कूटनीतिक सम्बन्ध रहे पनि साझेदारीयुक्त आदानप्रदानको सम्बन्धले औपचारिकता पाएको थिएन । 

मदन पुरस्कार पुस्तकालय र बेलायत नेपाल बौद्धिक परिषद्ले संयुक्त रूपमा आयोजना गरेको शतवार्षिकी सम्मेलनमा सन्धिको आजपर्यन्त उत्तिकै महत्व रहेकोमा सहभागीहरूले जोड दिनुभयो । निवर्तमान परराष्ट्र सचिव भरतराज पौड्यालले बेलायतसँको दुई सय वर्ष लामो सम्बन्धमा मैत्री सन्धि दुई देशबिचको कोशेढुङ्गा रहेको औँल्याउनुभयो । सन्धिले दुई देशबिचको पारम्परिक सम्बन्धलाई आधुनिक कसीमा बाँधेको उहाँले प्रस्ट पार्नुभयो ।  नेपालका लागि बेलायतका राजदूत रोव फेनले नेपाल–बेलायतको सम्बन्धलाई मैत्री सन्धिले नयाँ आयाम दिएको बताउनुभयो । 

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
broken clouds
14° _ 14°
77%
2 km/h
शनि
12 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ