काठमाडौं । पछिल्लो समय सरकार प्रति असन्तुष्ट लोसपाले सरकारलाई दिएको समर्थन यथावत रहेको जनाएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टीभित्रबाटै दबाब बढिरहँदा पार्टी अध्यक्ष महन्थ ठाकुरले संघीय सरकार एवम् प्रादेशिक सरकारहरुलाई लोसपा नेपालले दिएको समर्थन यथावत रहेको स्पष्ट पार्नुभएको हो । थमन विक हत्या प्रकरणमा लोसपाका प्रदेशसभा सदस्य अभिराम शर्मालाई महोत्तरी जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएपछि ठाकुरमाथि सरकारको समर्थन फिर्ता लिनुपर्ने दबाब बढेको थियो । यस सन्दर्भमा केही सञ्चार माध्यमहरुमा भ्रमपूर्ण सूचना आएको बताउँदै अध्यक्ष ठाकुरले लोसपा नेपाल सत्तारुढ गठबन्धनको एउटा महत्वपूर्ण पक्षको रुपमा रहेको स्पष्ट पार्नुभयो । शक्ति पृथकीकरणको सिद्धान्त अनूरुप कार्यपालिका र न्यायपालिका अलग अलग दूई स्वतन्त्र अस्तित्वमा रहेको हुनाले एकले अर्कालाई प्रभावित गर्न सक्दैन भन्ने मान्यतालाई लोसपा नेपालले आत्मसात गर्दै आएको विज्ञप्तीमा भनिएको छ ।
लोसपाले भन्यो: सरकारलाई दिएको समर्थन छ

प्रतिक्रिया
ट्रेन्डिङ
उद्धारको नाममा लुटधन्दा? एनआरएनए कम्बोडिया र बैंककस्थित नेपाली दूतावासमाथि गम्भीर प्रश्न
बैंकक, थाइल्याण्ड । कम्बोडियाका अवैध स्क्यामिङ सेन्टरहरूमा बन्धक बनाइएका र अलपत्र परेका नेपाली युवाहरूको उद्धार…
कम्बोडिया उद्धार प्रकरण: ‘उद्धार होइन सहजीकरण मात्र’ भन्दै एनआरएनए पन्छियो, टिकटमा तेब्बर असुलीबारे अस्वाभाविक तर्क
बैंकक, थाइल्याण्ड । कम्बोडियामा अलपत्र नेपालीहरूको उद्धार प्रक्रियामा भएको आर्थिक अनियमितताको विषयले नयाँ मोड लिएको…
वैदेशिक रोजगार ठगीका ‘फरार अभियुक्त’ नै उद्धारका कमाण्डर: दूतावास र एनआरएनएको सेटिङमा स्क्यामिङ सेन्टरका पीडितमाथि नयाँ ठगी
बैंकक, थाइल्याण्ड । कम्बोडियाका विभिन्न स्क्यामिङ सेन्टर (Scamming Centers) मा फसेका र अलपत्र परेका नेपालीहरूको…
