३१ सम्पादकहरुले बुझाएँ संयुक्त पत्र

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न आफूले पनि अनुमति दिएको बताउनुभएको छ ।

विभीन्न मिडियाका ३१ सम्पादकहरुको संयुक्त पत्र बुझ्दै प्रधानमन्त्री दाहाले अदालतबाट पक्राउ पुर्जी जारी भएपछि आफूले अनुमति दिएको जानकारी दिनुभएको हो ।

सम्पादकहरुको तर्फबाट प्रतिनिधिको रुपमा प्रतीक प्रधान, अमित ढकाल, मदन लम्साल र पुष्प दुलाल प्रधानमन्त्री दाहाललाई ध्यानाकर्षण पत्र बुझाउन गएका थिए ।

सम्पादक प्रधानका अनुसार प्रधानमन्त्री दाहालले सम्पादकहरुबाट ध्यानाकर्षण पत्र बुझ्दै भन्नुभयो,‘म तपाईंहरुको माग प्रति संवेदनशील छु ।

अदालतबाट पक्राउ पुर्जी आएपछि मैले स्वीकृत दिएको हुँ ।’सत्ताको दुरुपयोग गर्दै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको विषयमा सम्पादकहरूले बुधबार प्रधानमन्त्रीलाई पाँचबुँदे पत्र बुझाएका हुन् ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
thunderstorm
16° _ 16°
59%
3 km/h
मंगल
17 °C
बुध
22 °C
बिहि
23 °C
शुक्र
24 °C
शनि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ