कम्बोडियामा बर्ड फ्लुले एक बालकको मृत्यु

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

एजेन्सी । कम्बोडियाको स्वास्थ्य मन्त्रालयले नौ वर्षीय बालकको बर्ड फ्लुबाट मृत्यु भएको शुक्रबार बताएको छ । मन्त्रालयले भाइरसबाट जारी खतराको चेतावनीसमेत दिएको छ ।

बर्ड फ्लुबाट गत वर्ष तीन जनाको मृत्यु भएको थियो । उत्तरपूर्वी क्र्याटी प्रान्तका ती बालक आफ्नो परिवारसँग कुखुराको मासु खाएपछि बिमारी भएका थिए । उनलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा कठिनाइ भएको थियो र बिहीबार उनको मृत्यु भयो ।

मन्त्रालयले परीक्षणहरूबाट बालकको मृत्यु बर्ड फ्लु भाइरसको अत्यधिक रोगजनक एच५एन१ स्ट्रेनबाट भएको बताएको छ । “प्रमाणअनुसार बिरामीको घरमा पाँच वटा कुखुरा र तीन वटा हाँस मरेका छन्, उनीहरूले कुखुरा र हाँसको मासु पकाएर खाएका थिए”, मन्त्रालयले भनेको छ । स्वास्थ्य अधिकारीहरूले भाइरसको स्रोतको अनुसन्धान गरिहेको र थप मामिला खोजिरहेको पनि मन्त्रालयले बताएको छ ।

“स्वास्थ्य मन्त्रालय पुनः सबैलाई बर्ड फ्लुप्रति सतर्क रहन स्मरण गराउँछ किनकी एच५एन१ हाम्रा जनताको स्वास्थ्यका लागि खतरा बनेको छ”, मन्त्रालयले भनेको छ । गत वर्ष राज्यमा बर्ड फ्लुबाट दुई वर्षकी बालिकासहित कम्तीमा तीन जनाको मृत्यु भएको थियो ।

सन् २०२१ को अन्त्यदेखि युरोप बर्ड फ्लुको सबैभन्दा खराब प्रकोपबाट प्रभावित भएको छ । उत्तर र दक्षिण अमेरिकाले पनि गम्भीर प्रकोपको सामना गर्नुपरिरहेको छ । बर्ड फ्लुका कारण संसारभरमा लाखौँ घरेलु कुखुरा मारिएको छ । तिनीहरूमध्ये धेरैमा एच५एन स्ट्रेन थिए । यसै महिनाको प्रारम्भमा चेक गणतन्त्रमा एक लाख ४० हजार कुखुरा मारिएको थियो । वैश्विक प्रकोप हजारौँ जङ्गली पक्षीहरूको मृत्युका लागि पनि जिम्मेबार छन् ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
thunderstorm with light rain
20° _ 20°
73%
5 km/h
शुक्र
20 °C
शनि
28 °C
आइत
27 °C
सोम
21 °C
मंगल
22 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ