बनियानी (झापा), ८ असार : झापाको मेचीनगर नगरपालिका–१५ मा आज बिहान मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा एक युवकको मृत्यु भएको छ । अन्य दुईजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा मेचीनगर–१० का २२ वर्षीय राजीव दनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । मेचीनगर–१५ लालझोडास्थित भित्री सडक खण्डमा भद्रपुरबाट धुलाबारीतर्फ आउँदै गरेको प्रदेश १–०१–०१६ प ४१८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा उक्त दुर्घटना भएको हो । मोटरसाइलकमा तीन जना सवार थिए । दुर्घटनामा घाइते मेचीनगर–१० का २१ वर्षीय अभिषेक राई र सोही स्थानका २१ वर्षीय विवेक दनुवार घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । –––
अन्तर्राष्ट्रिय नारी दिवसमा स्रष्टाहरूले सुनाए रचनाहरू
थाइल्याण्ड। साहित्य मन थाइल्याण्डले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा रचना वाचन गरी मनाएको छ । साहित्य मन थाइल्याण्डले सञ्चालन गर्दै आइरहेको ‘आदर्श दिव्य दर्पण’को १३ औं शृङ्खलामा ‘आधा आकाश, सिर्जना संसार’…
