जानकी (बाँके), ८ असार : जिल्ला प्रहरी कार्यालय बाँकेले गत जेठ महिनामा रु एक करोड ३१ लाख बराबरको सामान बरामद गरेको छ । बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार भारतबाट भन्सार छली गरेर ल्याइएको सामान बरामद गरिएको हो । प्रहरीले रु दुई लाख ५८ हजार बराबरको भारतबाट गैरकानुनीरुपमा नेपाल ल्याएको करिब दुई क्विन्टल बोइलर खुकुरा र एक हजार आठ सय चल्ला बरामद गरेको छ । जेठमा प्रहरीले एक हजार सात सय १३ सवारी चालकलाई कारबाही गरेको छ । उनीहरुबाट रु १४ लाख ६१ हजार राजस्व सङ्कलन गरिएको प्रवक्ता डाँगीले बताउनुभयो । यसैगरी प्रहरीले एक सय २१ मोटरसाइकल र स्कुटर लिलामी गरेको छ । प्रहरीले मोटरसाइकल चोरी गर्ने चारजनालाई पक्राउ गरेको छ भने चोरी भएका नौ मोटरसाइकल फेला पारेको छ । यस्तै स्कुटर चोरीमा संंलग्न दुई जनालाई स्कुटरसहित नियन्त्रणमा लिएर कारबाही गरिएको प्रवक्ता डाँगीले बताउनुभयो । –––
प्रहरीद्वारा एक करोडको सामान बरामद
प्रतिक्रिया
ट्रेन्डिङ
बाढी पीडितको राहत रकममा एनआरएनए थाइल्याण्डको ठूलो आर्थिक अनियमितता: सरकारको एकद्वार प्रणाली लत्याउँदै व्यक्तिगत संयुक्त खाता प्रयोग, १३ लाख ९० हजार भाट अझै हिनामिना गरिएको आशंका
थाइल्याण्ड- नेपालमा हालै आएको विनाशकारी बाढी-पहिरो पीडितका नाममा थाइल्याण्डबाट संकलित लाखौँ रुपैयाँमा गैरआवासीय नेपाली संघ…
उपत्यकाव्यापी दोस्रो चन्द्रागिरि नायः खिं बाजा प्रदर्शन तथा विविध सांस्कृतिक कार्यक्रम २०८३ आयोजना हुँदै
काठमाडौँ- नेपालको मौलिक कला, संस्कृति तथा परम्परागत बाजागाजाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ चन्द्रागिरि…

