रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोटस्थित राडीबजार खुला मैदानमा यही चैत २२ गतेदेखि बैशाख २ गतेसम्म महोत्सव सञ्चालन हुने भएको छ ।
कला साँस्कृतिक पर्यटन प्रवर्द्धन मञ्च रुकुम पश्चिमले “आठबिसकोट पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव” आयोजना गर्ने भएको हो ।
महोत्सवको तयारी तीव्र रूपमा भैरहेको आयोजक समितिका संयोजक तुल देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा करिव एक सय वटा स्टल, विभिन्न स्थानीय उत्पादनका साथै कृषि लगायतको प्रर्दशनी रहने छ ।
पर्यटन विकास तथा जिल्लाको सांस्कृतिक विविधताको प्रदर्शनका लागि महोत्सवको आयोजना गरिएको देवकोटाले बताउनुभयो । उद्योग वाणिज्य संघ आठबिसकोटसँगको साझेदारीमा यो महोत्सव संञ्चालन हुनेछ भने ब्यबस्थापनमा मिलन परियार रहने बताईएको छ ।
महोत्सवमा स्थानीय र राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुतिसमेत रहने बताइएको छ । यसका साथै महोत्सवस्थलभित्र स्थानीय भेषभुषा, कला संस्कृति, खानपान लगायतको प्रर्दशनी गरिने संयोजक देवकोटाले जानकारी दिनुभयो।
पर्यटन र संस्कृति साथै स्थानीय व्यपारलाई समेत प्राथमिकतामा राखेर संञ्चालन हुने महोत्सवमा व्यवसायिक स्टलसमेत राखिनेछ ।