नेपालमा अहिलेसम्म १४ लाख ४६ हजार किशोरीले लगाए एचपीभी खोप

सञ्जु शर्मा
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं : पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी (ह्युमन पापिलोमाभाइरस) खोप अभियानअन्तर्गत १४ लाख ४६ हजार ६०१ जना किशोरीहरूले खोप लगाएका छन्।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले राष्ट्रिय सभाको बैठकमा माघ २२ गतेदेखि सुरु भएको खोप अभियान अन्तर्गत कुल लक्ष्यको ९३ प्रतिशत किशोरीहरूले खोप प्राप्त गरिसकेको जानकारी दिएका छन्।

“नेपालको राष्ट्रिय खोप कार्यक्रममा समावेश यो खोप सुरक्षित एवं प्रभावकारी रहेको छ। लक्षित समूहका किशोरीहरूलाई निःशुल्क उपलब्ध गराइएको छ,” मन्त्री पौडेलले भने।

उनका अनुसार आगामी वर्षदेखि १० वर्ष उमेर समूहका कक्षा ६ मा अध्ययनरत किशोरीहरूलाई हरेक वर्ष नियमित रूपमा यो खोप दिने योजना बनाइएको छ।

मन्त्री पौडेलले १४ वर्षमाथिका किशोरी तथा महिलासँगै पुरुषहरूलाई पनि एचपीभी खोप दिने विषयमा नेपालले अध्ययन गरिरहेको बताए। “हालसम्म उपलब्ध प्रमाणहरूका आधारमा यो खोप पूर्ण रूपमा सुरक्षित रहेको देखिएको छ। पुरुषहरूलाई पनि दिने गरिएको छ, हामी पनि यसमा अध्ययन गरिरहेका छौँ,” उनले भने।

नेपालमा यो खोप सहयोगी संस्था तथा मित्रराष्ट्रहरूको सहयोगमा थप उपलब्ध गराउने गृहकार्य भइरहेको मन्त्री पौडेलले जानकारी गराए।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
few clouds
18° _ 18°
48%
1 km/h
बुध
21 °C
बिहि
22 °C
शुक्र
22 °C
शनि
24 °C
आइत
25 °C
संवाददाता
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ