पुँजी बजारमा करिब साढे ६ अर्बको कारोबार

राष्ट्रिय समाचार समिति(रासस)
2 मिनेटमा पढ्न सकिने

काठमाडौँ । यो सातामा कारोबारको अन्तिम दुई दिन पुँजी बजारमा कारोबार रकम उल्लेख्यरुपमा बढेको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढ्दा कारोबार पाँच अर्ब ८९ करोड नाघेको थियो ।

नेप्से परिसूचक आज नौ दशमलव ३२ अङ्कले घट्दा कारोबार करिब छ अर्ब ५० करोड नजिक पुगेको हो ।नेप्से परिसूचक आज शून्य दशमलव ४३ प्रतिशतले घटेर दुई हजार एक सय १२ दशमलव २९ को बिन्दुमा कायम भएको छ ।

तीन सय १३ कम्पनीको एक करोड ४२ लाख ९४ हजार सात सय १२ कित्ता शेयर ७७ हजार चार सय पटक खरिद बिक्री हुँदा छ अर्ब ४४ करोड ३० लाख २९ हजार बराबरको कारोबार भएको हो । आजको कारोबारमा विकास बैंक समूह एक दशमलव तीन र वित्त समूह दुई दशमलव ०३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह र व्यापार समूह समान एक दशमलव तीन प्रतिशतले घटेका छन् । बैंकिङ शून्य दशमलव ४३, होटल तथा पर्यटन शून्य दशमलव १५, जलविद्युत शून्य दशमलव १५, जलविद्युत शून्य दशमलव ५९ र लगानी शून्य दशमलव ६४ प्रतिशतले घटेको छ ।

जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ५१, लघुवित्तको शून्य दशमलव ३८, म्युचुअल फण्डको शून्य दशमलव ११, निर्जीवन बीमाको शून्य दशमलव ८२ र अन्य समूहको उपसूचक शून्य दशमलव ८१ प्रतिशतले घटेको छ ।

समृद्धि फाइनान्स कम्पनी लिमिटेड, कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेड र साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने मिड सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको २८ करोड ४७ लाख ३९ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हिमालयन बैंक लिमिटेड प्रमोटर शेयर सात लाख ५० हजार तीन सय ९४ कित्ता शेयर किनबेच भएको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
82%
2 km/h
बुध
22 °C
बिहि
23 °C
शुक्र
24 °C
शनि
25 °C
आइत
11 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ