Ad imageAd image

ताप्लेजुङको फक्ताङ्लुङमा पहिरोले पुरिएर एकै परिवारका चार जनाको मृत्यु

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा बिहीबार राति पहिरोले पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । निरन्तरको वर्षासँगै घर माथिदेखि झरेको पहिरोले पुरिएर फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिम तिङ्दुमा एकै परिवारका चार जनाको मृत्यु भएको हो ।

पहिरोले पुरिएर ७० वर्षीय रामबहादुर साम्रा लिम्बू, उहाँका कान्छी श्रीमती ५० वर्षीया जसमाया लिम्बू र १० वर्षीया जुम्ल्याहा छोरीहरू गङ्गा र जमुनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरू फक्ताङ्लुङ गाउँपालिकाका उपाध्यक्ष रवीन साम्रा (विकास)का बाबु, कान्छी आमा र बहिनीहरू हुनुहुन्छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार घरभन्दा करिब दुई सय मिटर माथिदेखि झरेको पहिरोले घर बगाउँदा लिम्बू दम्पती र छोरीहरूको घटनास्थलमै मृत्यु भएको हो ।

- Advertisement -
Ad imageAd image

जिल्ला प्रहरी कार्यालयबाट लुङगेलीकै नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ भने सिँवा प्रहरी चौकीबाट शुक्रवार बिहानै प्रहरी घटनास्थल पुगेर पहिरोबाट शव निकाल्नेलगायत उद्धारको काम गरिरहेको बताइएको छ ।

गए राति करिब १२ बजेतिर माथिदेखि आएको पहिरोले साम्राको घरलाई क्षति गरेको प्रहरीले जनाएको छ। उहाँका अनुसार घर माथिदेखि पहिरो आएपछि साम्रासहित उहाँका परिवारका अन्य सदस्यले भागेर ज्यान बचाउन सफल भएका छन् ।

भाग्ने क्रममा साम्रा र उहाँका एक छोरी घाइते हुनुभएको छ । घाइते बाबु छोरीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
27°C
Kathmandu
scattered clouds
27° _ 27°
57%
3 km/h
शनि
25 °C
आइत
30 °C
सोम
30 °C
मंगल
29 °C
बुध
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ