थाइल्याण्डको बैंककमा नेपाली फिल्म ‘बोक्सीको घर’ प्रदर्शन हुने, नायिका केकी अधिकारी आउने

लोकेन्द्र ओली
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

बैंकक, ११ असार 

अभिनेत्री केकी अधिकारीको निर्माण एवं शीर्ष अभिनय रहेको नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ थाइल्याण्डको बैंककमा प्रदर्शन हुने भएको छ । 

मेजर इकामाइमा २७ र २८ जुलाईमा फिल्म प्रदर्शन हुने आयोजकले जनाएको छ । बेलुका ८ देखि १० बजेसम्म चल्ने फिल्म हेर्न अभिनेत्री केकी अधिकारी नेपालबाट आउँदैछिन् । अधिकारीले सामाजिक सञ्जालमार्फत फिल्म हेर्न आउन निमन्त्रणासमेत गरेकी छन् । 

नेपाली समाजको कथा बोकेको फिल्मको विशेष शो मा सहभागिता हुनका लागि आयोजकले आम नेपाली भाषीलाई आमन्त्रण गरेको छ । 

यो फिल्मको मुख्य गीत ‘बुझिन मैले’ थाइल्याण्डमा बसोबास गर्ने नेपाली तथा नेपाली भाषीमाझ चर्चित छ । 

बोक्सी कुप्रथाका नाममा महिलामाथि हुने हिंसाको कथामा बनेको फिल्मलाई सुलक्षण भारतीले लेखन एवं निर्देशन गरेका हुन् । फिल्ममा केकीसहित सुपला सापकोटा, स्वेच्छा राउत, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायत कलाकारहरूले अभिनय गरेका छन् । ८ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’ मा आधारित रहेर निर्माण गरिएको फिल्म १४ वैशाखदेखि नेपालमा प्रदर्शनमा छ । सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्ममा केकी अधिकारी फिल्मस्ले निर्माण गरेको हो । फिल्मका निर्माता केकीका बाबु बद्री अधिकारी र कार्यकारी निर्माता राज घिमिरे छन् । 

सेयर: 59
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
scattered clouds
14° _ 14°
72%
2 km/h
आइत
12 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
बिहि
22 °C
संवाददाता
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ