काठमाडौं । नाबालिकामाथि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा सुनुवाइका लागि आज जिल्ला अदालत काठमाडौंमा पेशी तोकिएको छ । जिल्ला अदालतले न्यायाधीश शिशिरराज ढकालको इजलासमा पेशी तोकेको हो । गत २३ कात्तिकमा न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले दुवै पक्षलाई एक महिनाभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो । बहस नोट पेश भइसकेपछि मुद्दा सुनुवाइका लागि फेरि पेशी तोकिएको हो । बन्द इजलासमा सुनुवाइ गर्ने जिल्ला अदालतले यसपाली अन्तिम सुनुवाइ गर्ने अपेक्षा गरिएको छ । करिव डेढ वर्षअघि क्रिकेटर सन्दीप लामिछानेमाथि बालिका बलात्कारको आरोप लागेको थियो । जिल्ला अदालतको आदेशबाट थुनामा परेका उनी उच्च अदालतको आदेशबाट धरौटीमा छुटेका थिए ।
क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा सुनुवाइका लागि जिल्ला अदालत काठमाडौंमा पेशी

प्रतिक्रिया
ट्रेन्डिङ
बैंककको नेपाली विद्यालयमा बालबालिकामाथि कुटपिट र आर्थिक अनियमितताको खुलासा
बैंकक, थाइल्याण्ड — थाइल्याण्डको राजधानी बैंककस्थित फ्रखानोङ सोइ ६ मा सञ्चालित एक नेपाली भाषा विद्यालयमा…
वैदेशिक रोजगार ठगीका ‘फरार अभियुक्त’ नै उद्धारका कमाण्डर: दूतावास र एनआरएनएको सेटिङमा स्क्यामिङ सेन्टरका पीडितमाथि नयाँ ठगी
बैंकक, थाइल्याण्ड । कम्बोडियाका विभिन्न स्क्यामिङ सेन्टर (Scamming Centers) मा फसेका र अलपत्र परेका नेपालीहरूको…
कम्बोडिया उद्धार प्रकरण: ‘उद्धार होइन सहजीकरण मात्र’ भन्दै एनआरएनए पन्छियो, टिकटमा तेब्बर असुलीबारे अस्वाभाविक तर्क
बैंकक, थाइल्याण्ड । कम्बोडियामा अलपत्र नेपालीहरूको उद्धार प्रक्रियामा भएको आर्थिक अनियमितताको विषयले नयाँ मोड लिएको…
उद्धारको नाममा लुटधन्दा? एनआरएनए कम्बोडिया र बैंककस्थित नेपाली दूतावासमाथि गम्भीर प्रश्न
बैंकक, थाइल्याण्ड । कम्बोडियाका अवैध स्क्यामिङ सेन्टरहरूमा बन्धक बनाइएका र अलपत्र परेका नेपाली युवाहरूको उद्धार…
