मिस नेपाल २०२४ प्रतियोगिताको आवेदन खुला

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

ललितपुर । द हिडन ट्रेजरले मिस नेपाल २०२४ प्रतियोगिताको आवेदन खुला गरेको छ । यस प्रतियोगिताका लागि नेपाली इच्छुक युवतीलाई आवेदन दिन आमन्त्रण गरिएको छ ।

आवेदन २०८१ जेठ १ सम्म खुला रहने जानकारी बुधबार आयोजित पत्रकार सम्मेलनमा दिइयो । मिस नेपाल २०२४ को अन्तिम नतिजा २०८१ साउन १९ गते गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुनेछ ।

यस वर्ष २०२४ को मिस नेपाल प्रतियोगितामा न्यूनतम ५ फिट ३ इन्च उचाइ तथा १८ देखि २७ वर्षका अविवाहित नेपाली नागरिकसहित इच्छुक युवतीले आवेदन दिन सक्ने छन् । प्रतियोगितामा भाग लिनका लागि आवेदनको कुनै पनि शुल्क लाग्ने छैन ।

यस वर्षको प्रतियोगितामा तीन मुख्य विजेता हुनेछन् जसमा मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेशनल रहनेछ ।यस पटक मिस नेपाल प्रतियोगिताका लागि सहभागीहरू खोजी बिर्तामोड, इटहरी, वीरगन्ज, चितवन, भैरहवा, नेपालगन्ज, पोखरा, सुर्खेत र काठमाडौँलगायत विभिन्न सहरमा हुनेछ ।

मिस नेपाल विजेताहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गरेर फर्किएका छन् । पत्रकार सम्मेलनमा मिस नेपाल इन्टरनेशनल प्रसिद्धि शाह, मिस नेपाल अर्थ रैना मजगैया र मिस नेपाल वर्ल्ड प्रियङ्का रानी जोशी उपस्थित हुनुहुन्थ्यो ।

मिस वर्ल्ड प्रतियोगितामा मिस प्रियङ्का रानी जोशीले उत्कृष्ट ४० मा स्थान हासिल गर्दै एसिया र ओशिनिया क्षेत्रबाट प्रतिष्ठित ब्युटी विथ पर्पस प्रोजेक्ट जित्न सफल हुनु भएको छ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
82%
2 km/h
मंगल
25 °C
बुध
26 °C
बिहि
26 °C
शुक्र
25 °C
शनि
13 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ