आफ्नै छोरीलाई करणी गरेको आरोपमा बुवा पक्राउ

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

रौतहट । आफ्नै छोरीलाई करणी गरेको आरोपमा पर्सा प्रहरीले बुवालाई पक्राउ गरेको छ ।

नेकमेकबाट साइबर टिपलाइन रिपोर्ट २०७९६२८८६ को आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र साइबर ब्युरो भोटाहिटी काठमाडौँको संयुक्त प्रहरीको टोलीले  चैत २२ गते दिउँसो ३ बजेको समयमा बुवालाई पक्राउ गरेको हो ।

बाल यौन शोषण सामग्री सहितको भिडियो भएको मोबाइल पनि प्रहरीले  नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालले जानकारी दिए ।

उनका अनुसार आफ्नै छोरीलाई बाल यौन शोषण सामग्री देखाएर बलात्कार गरेको र उक्त घटनाको भिडियो समेत गुगल ड्राइभमा सङ्ग्रह गरेको खुलासा भएको छ । डिजिटल प्रविधिको दुरुपयोग गरी आफ्नै छोरीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा बुवालाई  पक्राउ गरि अनुसन्धान थालिएको उनले बताए ।

पक्राउ परेका बुवाको परिचय भने प्रहरीले गोप्य राखेको छ । उनी विरुद्ध करणी सम्बन्धी कसुर तथा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको मुद्दामा अनुसन्धान सुरु गरेको प्रहरीले जारी गरेको विवरणमा उल्लेख गरेको छ ।

उनी विरुद्ध पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप भैसकेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

सेयर: 11
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
thunderstorm
16° _ 16°
59%
3 km/h
मंगल
17 °C
बुध
22 °C
बिहि
23 °C
शुक्र
24 °C
शनि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ