Ad imageAd image

कोशी पर्यटन वर्षको तयारी पूरा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

विराटनगर । कोशी प्रदेश सरकारले आयोजना गर्ने कोशी पर्यटन वर्ष २०८२ को तयारी पूरा भएको छ ।

बुधवार तेह्रथुमको तीनजुरेमिल्के क्षेत्रबाट औपचारिक रूपमा उद्घाटन हुने पर्यटन वर्षको तयारी पुरा भएको कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले जानकारी दिए ।

पर्यटन वर्षको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जानकारी गराए । उनका अनुसार प्रधानमन्त्रीका साथै उपप्रधानमन्त्री प्रकाशमान सिंह विशिष्ट अतिथिका रूपमा आउने कार्यक्रम रहेको छ ।

मङ्गलवार प्रदेश समन्वय परिषद्को सातौँ बैठकमा मुख्यमन्त्री कार्कीले भने, ‘हामीले २०८२ लाई भ्रमण वर्ष मनाइरहँदा आफ्ना स्थानीय तहको पर्यटन प्रवर्धनमा तपाईँहरू लाग्नुपर्ने हुन्छ । पर्यटन वर्षमा आवश्यक भौतिक पूर्वाधारको क्षेत्रमा काम गर्न सकिएमा अरू वर्षहरूमा पर्यटकका लागि आवश्यक वातावरण सिर्जना गर्न सक्छौँ ।’

- Advertisement -
Ad imageAd image

पर्यटन वर्षलाई सफलतापूर्वक सम्पन्न गर्न पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डलको संयोजकत्वमा निर्देशन समिति गठन भएको छ । रमणीय कोशीको नाराका साथ मनाइने पर्यटन वर्षमा पर्यटन वर्षमा मुख्यतयाः भारत, चीन, बङ्गलादेश र भुटानका १५ लाख बढी पर्यटक भित्राउने लक्ष्य राखिएको छ ।

पर्यटनका माध्यमबाट कोशीलाई सम्पन्न बनाउन सकिने यस क्षेत्रका जानकारहरू बताउदछन । पर्यटन वर्षको पूर्व सन्ध्यामा ‘लोकतन्त्र र पर्यावरण’ शीर्षकमा अन्तरक्रिया समेत गरिएको छ ।

मुख्यमन्त्री कार्की प्रदेशको अर्थतन्त्र समेतलाई चलायमान बनाउनका लागि वर्ष महत्त्वपूर्ण साबित हुनेमा समेत विश्वस्त देखिएका छन् ।  पर्यटन वर्षको उद्घाटनका लागि प्रदेशको सम्पूर्ण मन्त्रीपरिषद्का साथै संयन्त्र समेत तीनजुरे प्रस्थान गर्दै छ ।

सेयर: 11
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
broken clouds
23° _ 23°
64%
2 km/h
मंगल
23 °C
बुध
24 °C
बिहि
28 °C
शुक्र
28 °C
शनि
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ