साइकलमा सपना बोकेर विश्वतर्फ : आशिष् सार्कीको १०३ दिनको ऐतिहासिक यात्रा

2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

थाइल्याण्ड, (फुकेट) l सुर्खेतको एक सानो बस्तीबाट सुरु भएको एउटा सपना आज थाइल्याण्डको फुकेट (पटोंग) सम्म आइपुगेको छ। हातमा हतियार होइन, साथमा सुविधा होइन—साथ थियो केवल एउटा साइकल, आत्मविश्वास र देश प्रेम। यही साहसिक यात्राका पात्र हुन् विश्व साइकल यात्री आशिष् सार्की, जो ‘आरसी दानियल ब्लग’ नामले परिचित छन्।

सुर्खेत जिल्लाको लेक बेसी नगरपालिका–९ स्थायी घर भएका सार्कीले नेपालको नाम विश्वभर चिनाउने उद्देश्यसहित नेपालबाट साइकल यात्राको सुरुवात गरेका थिए। भारत र बङ्गलादेश हुँदै करिब १०३ दिनको निरन्तर सङ्घर्षपूर्ण यात्रा पार गर्दै उनी हाल थाइल्याण्ड पुगेका छन्।

यो यात्रा केवल भौगोलिक दूरी पार गर्ने यात्रा थिएन, यो त नेपाली पहिचान बोकेको सांस्कृतिक दूतको यात्रा थियो। बाटोमा भेटिएका विदेशी नागरिकसँग उनले नेपालको संस्कृति, सभ्यता, हिमाल, पहिचान र पर्यटन सम्भावनाबारे जानकारी गराए। धेरैका लागि नेपाल पहिलो पटक सुन्ने देश बन्यो, धेरैका लागि नेपाल चासोको केन्द्र बन्यो।

अभाव, थकान, मौसमको प्रतिकूलता र एक्लोपनाबिच पनि हार नमान्दै अघि बढेका सार्कीको यात्राले नेपाली युवामा “सपना देख्न र पूरा गर्न सकिन्छ” भन्ने सन्देश दिएको छ। सीमित स्रोतसाधन हुँदाहुँदै पनि विश्वसामु देश चिनाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् उनी।

आशिष् सार्कीको यो साहसिक तथा ऐतिहासिक यात्राले नेपाललाई अन्तर्राष्ट्रियता चिनाउन महत्त्वपूर्ण योगदान दिने विश्वास गरिएको छ। साथै, नेपाली युवामा आत्मविश्वास, देश प्रेम र साहसको भावना थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

सेयर: 16
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
13°C
Kathmandu
mist
13° _ 13°
94%
1 km/h
मंगल
22 °C
बुध
22 °C
बिहि
23 °C
शुक्र
24 °C
शनि
25 °C
संवाददाता
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ