कपिलवस्तु जिल्ला अध्यक्षमा बाबुराम खनाल बिजयी

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

कपिलवस्तु । नेकपा (एमाले) कपिलवस्तुको १० अ‍ौँ जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा बाबुराम खनाल बिजयी हुनु भएको छ । शुक्रवार सम्पन्न निर्वाचनमा खनालले निवर्तमान अध्यक्ष डम्मर शर्मालाई २५ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

खनालले २ सय ७८ मत प्राप्त गर्दा निवर्तमान अध्यक्ष शर्माले २५३ मत प्राप्त गर्नुभयो । यसैगरी उपाध्यक्ष पदमा शंकर पाण्डे १०८ मतान्तरले विजयी हुनुभयो ।

शंकरले ३०२ मत प्राप्त गर्दा प्रत्यासी भेषराज पाण्डेले २१० मत प्राप्त गर्नुभयो । सचिव पदमा सिवि गहतराज ३०४ मत ल्याउँदा विश्व कार्कीले २१२ मत प्राप्त गर्नुभयो ।

गहतराज ९२ मत अन्तरले विजयी हुनुभयो । उपसचिवको खुलातर्फ देविबहादुर पोख्रेलले १४७ मत र महिलातर्फ शुसिला दर्लामिले ३३२ मत ल्याइ बिजयी हुनु भएको निर्वाचन अधिकृत हुननाथ पाण्डेले बताउनुभयो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
few clouds
15° _ 15°
82%
2 km/h
शनि
27 °C
आइत
26 °C
सोम
19 °C
मंगल
22 °C
बुध
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ