विश्वमै पहिलो पटक रोबोट फाइटिङ प्रतियोगिता हुँदै

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

एजेन्सी । विश्वको पहिलो रोबोट फाइटिंङ(कुस्ती) प्रतियोगिता चीनमा आयोजना गरिदैछ । पूर्वी चीनको झेजियाङ प्रान्तको हाङझाउ शहरमा आइतबार सुरु हुँदैछ ।

प्रतियोगितामा अत्याधुनिक प्रविधिले सुसज्जित मानवजस्तै रोबोटहरू प्रतियोगितामा उत्रिनेछन् । चाइना मिडिया ग्रुप (सीएमजी) वल्र्ड रोबोट कन्टेस्टः मेक कम्ब्याट एरिना प्रतियोगिताको प्रत्यक्ष प्रशारण समेत गर्ने भएको छ ।

प्रतियोगिता हाङझाउको ओलम्पिक स्पोट्र्स सेन्टरमा आयोजना हुँदैछ। सहभागी ह्युमनोइड रोबोटहरूले सिधा मुक्का, हुक र साइड किक जस्ता फाइटिङ सीपहरू प्रदर्शन गर्नेछन् । त्यो भन्दापनि भुइँमा खसेपछि पनि छिटो उभिन सक्ने उनीहरुको क्षमतालाई विशेष चासो राखिएको छ ।

प्रतियोगितामा मुख्यतया दुई भागहरू हुनेछन–प्रदर्शनी खेलहरू र प्रतिस्पर्धात्मक खेलहरू। कार्यक्रमको पूर्वसन्ध्यामा, विकासकर्ताहरू र रोबोटहरू दुवैले हरेक दिन उच्च तीव्रताको सीप प्रशिक्षण लिइरहेका छन्।

सबै रोबोटहरूले घरेलु रूपमा विकसित मुख्य प्रविधिहरू अपनाउनुपर्नेछ । व्यावसायिक रेफ्री र टिप्पणीकारहरूका अतिरिक्त, सम्बन्धित क्षेत्रका विज्ञहरूलाई रोबोटहरूको हरेक चालको गहन विश्लेषण गर्न प्रतिस्पर्धा स्थलमा आमन्त्रित गरिएको छ ।(सीसीटीभीप्लस)

सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
scattered clouds
14° _ 14°
67%
मंगल
14 °C
बुध
22 °C
बिहि
23 °C
शुक्र
24 °C
शनि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ