सञ्चालनमा आयो बीपी राजमार्ग

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

रामेछाप । वर्षाका कारण अवरुद्ध बिपी राजमार्ग केहीबेर अगाडि खुलेको छ ।

सोमबार रातिको वर्षाका कारण रोशी खोलमा आएको बाढीले माम्ती, डालाबेसी र बोक्सी डाँडामा क्षति पु¥याएको थियो । बाढीले सबैभन्दा बढी क्षति पु¥याएको माम्तीको डाइभर्सनमा मर्मत सकिएसँग सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिए ।

असोज महिनामा आएको बाढीले बिपी राजमार्ग बगाएपछि खोलामा निर्माण गरिएको डाइभर्सन बगाएको बगाएको थियो ।

सडक अवरुद्ध हुँदा बिपी राजमार्ग हुँदै काठमाडौंबाट पूर्व जाने सवारी साधनहरू रोकिएका थिए । ‘पहिला नै बनाएको पुरानो डाइभर्सन बगाएको हो, त्यहाँ हामीले नयाँ काम गर्न बाँकी थियो, पुराना ठाउँ नै बगाएको हो, अब एक हप्ता भित्र सो ठाउँमा नयाँ डाइभर्सन बन्छ, वर्षामा पनि सडक छल्छ’, योगेशले भने ।

बीपी मार्ग स्थायी रूपमा निर्माणको काम नहुँदासम्मको लागि अस्थायी बाह्रै महिना यातायात सञ्चालन हुनेगरी सडक निर्माणको काम भइरहेको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
scattered clouds
15° _ 15°
72%
2 km/h
मंगल
24 °C
बुध
24 °C
बिहि
19 °C
शुक्र
21 °C
शनि
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ