कांग्रेस महासमिति बैठक : उद्यमशील युवा कांग्रेस अभियान सुरु

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

ललितपुर : नेपाली कांग्रेसको महासमिति बैठकमा उद्यमशील युवा कांग्रेस अभियानका लागि हस्ताक्षर अभियान सुरु गरिएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा गत फागुन ७ गतेदेखि सुरु भएको महासमिति बैठकमा उद्यमशील युवा कांग्रेस अभियानका लागि हस्ताक्षर गरिएको हो ।

नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)का पूर्वअध्यक्ष एवं संविधानसभा सदस्य रञ्जित कर्णको नेतृत्वमा सुरु गरिएको उक्त अभियानमा पार्टीका केन्द्रीय नेता एवं महासमिति सदस्यले हस्ताक्षर गर्नुभएको छ ।

बाह्र बुँदे सङ्कल्प प्रस्ताव तयार गरी सुरु गरिएको अभियानमा उद्यमशील युवा कांग्रेस निर्माण गर्ने, अबको १० वर्षमा विकसित देश बनाउने, मापदण्ड बनाई क्रियाशील सदस्यता वितरण गर्ने, लोकतान्त्रिक विधिबाट उम्मेदवार चयन गर्ने, पार्टीमा युवालाई आरक्षणको व्यवस्था गर्ने उल्लेख छ ।

यस्तै प्रदेश र प्रतिनिधिसभामा समानुपातिक व्यवस्था खारेज गर्नुपर्ने, धार्मिक पर्यटन प्रवर्द्धनका लागि भारतीय पर्यटकको सङ्ख्या बढाउनुपर्ने, वैज्ञानिक वन व्यवस्थापन र काठ उत्पादनको अन्तर्राष्ट्रिय बजारीकरण गर्नुपर्ने, रोजगारीको सिर्जना र युवालाई सीप सिकाउने नीतिगत व्यवस्था गर्नुपर्ने बताइएको छ ।

यसैगरी पार्टीका भातृ तथा शुभेच्छुक संस्थाहरूको आवधिक अधिवेशन र समयसापेक्ष परिचालन गर्नुपर्ने, कृषिमा आधुनिकरण र विकासमा प्राथमिकता दिनुपर्ने र पार्टीमा आर्थिक पारदर्शिता र जनप्रतिनिधिको सम्पत्ति छानबिन गर्ने उल्लेख छ । संयोजक कर्णले पार्टीभित्रका युवालाई उद्यमशील बनाई देशको आर्थिक विकासमा लगाई समृद्ध मुलुक निर्माणका लागि उक्त अभियान सञ्चालन गरेको जानकारी दिनुभयो ।

सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
overcast clouds
15° _ 15°
77%
1 km/h
मंगल
24 °C
बुध
24 °C
बिहि
19 °C
शुक्र
21 °C
शनि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ